जिल्ला दौडाहमा प्रवक्ता श्रेष्ठ गोरखा पछि आज स्याङ्जा जादै


Capital Headline
प्रकाशित मिति : बिहिबार, माघ २ २०७६
8.4K
SHARES

२ माघ काठमाडौँ । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठ राष्ट्रिय सभा निर्वाचनको उमेद्ववार भएपछि जिल्लामा जनप्रतिनिधि भेटघाट गर्दै हिँडेका छन् । सोही क्रममा उनी बुधबार गोरखा पुगेका थिए । नेकपाबाट बिजयी गोरखाका जनप्रतिनिधि सँग भेटघाट गरी उनले राष्ट्रिय सभा निर्वाचन र पार्टीको समसामयिक विषयमा छलफल गरेका थिए ।

भेटघाटपछि नेकपा गोरखाको पार्टी कार्यालय पाटेचौरमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता श्रेष्ठले सभामुख शिवमाया तुम्बाहाम्फेले तत्काल राजिनाम नदिए नेकपाले साभामुख पाउने बाटो बन्द हुने धारणा राखे । एउटै पार्टीबाट सभामुख, उपसभामुख हुने कानुनी ब्यवस्था नभएको बताउँदै उनले राजिनामा दिने विषयमा पार्टी ढुक्क रहेको बताए । आफ्नो चाहनलाई केन्द्रबिन्दु बनाएर राष्ट्रिय सभामा उमेद्धवार नभएको भन्दै उनले भने ‘पार्टीको निर्णय अनुसार अघि बढ्छु ।’ तपाई अर्थमन्त्री बन्ने चर्चा छ नि भन्ने पत्रकार हरुको प्रश्नमा उनले आफुले मन्त्री बन्ने योजनामा उमेद्धवारी नदिएको दावी गरे ।