कुवेतमा आजदेखि हवाई सेवा बन्द, कामदारलाई २ साता छुट्टी


Capital Headline
प्रकाशित मिति : शुक्रबार, फाल्गुन ३० २०७६
5K
SHARES

३० फागुन काठमाडौं । कुवेत सरकारले सबै व्यावसायिक हवाई उडान बन्द गर्ने निर्णय गरेको छ । त्यस्तै कर्मचारीहरूलाई पनि दुई साता बिदा दिइएको छ । विश्वव्यापी महामारीको रूप लिइरहेको कोरोना भाइरस नियन्त्रण अभियानअन्तर्गत शुक्रबारदेखि लागू हुनेगरी व्यावसायिक हवाई सेवा बन्द गरिएको हो । कुवेत सरकारका अनुसार, कुवेत सिटी अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने सबै व्यावसायिक उडान भाेलिबाट बन्द रहनेछन् ।

यद्यपि, कार्गो सेवासँगै विदेशबाट नागरिक उद्धार गर्ने विमान भने यो निर्णयबाट प्रभावित नहुने त्यहाँका सरकारी प्रवक्ताले जनाएका छन् ।व्यावसायिक उडान बन्द गर्ने निर्णय कहिलेसम्मका लागि हो भन्नेबारे भने कुवेत सरकारले केही खुलाएको छैन ।कुवेत सरकारले त्यहाँ कार्यरत कर्मचारीलाई पनि दुई साता छुट्टी दिँदै घरमै बस्न अपिल गरेको छ । आजबाट लागू हुने बिदा मार्च २६ का दिनसम्म रहनेछ ।त्यसैगरी, बजार, क्याफे, हेल्थ क्लबलगायतका स्थानमा भेला हुन पनि त्यहाँको सरकारले प्रतिबन्ध लगाएको छ ।