उद्योग वाणिज्य महासंघको निर्वाचन सर्‍यो


Capital Headline
प्रकाशित मिति : शुक्रबार, चैत्र ७ २०७६
8.6K
SHARES

७ चैत्र काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघ(एफएनसीसीआई) को चुनाव जेठमा सरेको छ । संघको ५४औं साधारणसभा र नयाँ कार्यसमितको चुनाव यही चैत २९ गते हुने भनिएकोमा कोरोनाका कारण जेठ ८ गतेलाई सरेको हो ।

कोरोना प्रभावलाई मध्यनजर गर्दौ संघले तोकिएको समयलाई एक महिना पर सारेको संघका उपाध्यक्ष किशोर प्रधानले जानकारी दिए । बिहिबार बसेको संघको केन्द्रीय कमिटीको बैठकले साधारणसभा र चुनावको समय सार्ने निर्णय गरेको हो । सोही बैठक मार्फत् कोरोनाको रोकथाम तथा सचेतना कार्यक्रममा निजी क्षेत्रको हैसियतले सरकारलाई सहयोग गर्ने निर्णय समेत गरेको प्रधानले जानकारी दिए ।