तरुण नेता मगर द्वारा काठमाडौँमा रहने बाग्लुंग बसी लाई सहयोगको घोषणा


Capital Headline
प्रकाशित मिति : मंगलबार, चैत्र ११ २०७६
22K
SHARES

११ चैत्र काठमाडौँ। नेपाली कांग्रेस को भात्री संघठन नेपाल तरुण दलका बाग्लुङ नेता देवेन्द्र कुमार घर्ती मगरले काठमाडौँमा रहने जिल्ला बसी लाई आफु जस्तो सुकै सहयोग गर्ने तयार रहेको घोषणा गरेका छन् कोरना विरुद्ध को नेपाल लक डाउनको पहिलो दिन मंगलबार उनले सामाजिक संजाल फेसबुक मार्फत सहयोग को घोषणा गरेका हुन् ।

उनि भन्छन “बाग्लुङ स्थायी घर भइ काठ्मान्डौ बसोबास गर्ने आदरणीय सम्पूर्ण दाजुभाइ तथा दिदिबहिनी हरुमा हार्दिक नमस्कार।बिस्वभरी महामारी को रुपमा फैलिएको कोरोना भाईरस Covid 19 ले सबैलाई रुवाएको छ। यसको असर नेपाल मा पनि बिस्तारै देखिन लागेको तपाई हामी सबैलाई अवगत नै छ।यस्तो अवस्थामा सरकार ले आवश्यक कदम चालिसकेको र देश नै १८ गते सम्मको लागि लकडाउन गरिसकेको छ।यो अवस्था अझै लम्बिने स्थिति पनि छ।यस्तो अवस्था मा धैर्य गरि अति आवश्यक काम बाहेक घर बाहिर ननिस्कनु होला।यो स्थितिमा आदरणीय बाग्लुङ का दाजुभाइ तथा दिदिबहिनी हरु तपाईं हरुलाई कुनै किसिमको समस्या परेमा मलाई सम्झनु होला सक्ने सहयोग गर्नेछु।जय नेपाल।” साथै उनको सम्पर्क मोबाइल नम्बर यसप्रकार छ । देवेन्द्र कुमार घर्ती मगर ९८५१०४०३४६.