कोरोना कोषमा नेपाल एलपी ग्याँस उद्योग संघको १५ लाख सहयोग
१५ बैशाख काठमाडौं। नेपाल एलपी ग्याँस उद्योग संघद्वारा नेपाल सरकारले स्थापना गरेको कोरोना भाइरस नियन्त्रण तथा रोकथाम कोषमा रु. १५ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । उक्त रकम आइतबार एक कार्यक्रमका बीच ग्याँस उद्योग संघ तर्फबाट अध्यक्ष गोकुल भण्डारीले बाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टलाई उक्त सहयोग रकम बराबरको चेक हस्तान्तरण गरिएका हुन ।
उक्त हस्तान्तरण कार्यक्रममा ग्याँस उद्योग संघका पूर्व अध्यक्ष तथा अन्य विभिन्न पदाधिकारीहरु समेत उपस्थित थियो । सो कार्यक्रममा मन्त्री भट्टले मुलुकमा रहिरहेको लकडाउनले आम सर्वसाधारणहरुको जीवनयापनमा आइपरेको संकटको यस घडीमा समेत ग्याँस उद्योग संघले खाना पकाउने एलपी ग्यास अभाव हुन नदिएको भन्दैे ग्याँस उद्योग संघका पदाधिकारी मार्फत व्यवसायीहरुलाई धन्यवाद ज्ञापन गरे ।