नेपालमा थप १५३९ जनामा कोरोना संक्रमण पुष्टि


Capital Headline
प्रकाशित मिति : बुधबार, भाद्र ३१ २०७७
4.1K
SHARES

३१ भदौ काठमाडौं । पछिल्लो २४ घण्टामा १५३९ जनाका कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा १०४९४ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । यो एकैदिनमा भेटिएको अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित हो । यससँगै कुल संक्रमितको संख्या ५८ हजार ३२७ पुगेको छ ।                                                    उनीहरुहध्ये ३७९ जनाको मृत्यु भएको छ भने ४१ हजार ७०६ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र १०६८ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ