मालपोत सुब्बा घुससहित पक्राउ


Capital Headline
प्रकाशित मिति : बुधबार, माघ ७ २०७७
3.4K
SHARES

७ माघ ललितपुर । आज अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमिसुधार तथा मालपोत कार्यालय लगनखेल, ललितपुरमा कार्यरत नायब सुब्बा मन्दिपकुमार श्रेष्ठ र लेखापढी व्यवसायी रमेशलाल श्रेष्ठ घूससहित पक्राउ गरेको छ ।

आयोगको टोलीले उनीहरुलाई ४० हजार घूससहित पक्राउ गरेको हो । सेवाग्राहीको जग्गा हालसाविकको क्रममा ट्रायल चेक गर्दा नक्सा अनुसार क्षेत्रफल बढी भएको भनी सो मिलाउनको लागि घूस मागेको उजुरीका आधारमा पक्राउ गरेको हो ।

श्रेष्ठद्वयलाई घूस रकम लिइसकेको अवस्थामा लगनखेल स्थित बसपार्क नजिकबाट मंगलबार नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको अख्तियार प्रवक्ता गणेश बहादुर अधिकारीले जानकारी दिए ।