बिग्रेडियर पाँण्डेको कमान्डमा प्रचण्डको सुरक्षा
६ फागुन काठमाडौ । सत्तारूढ दल नेकपा विभाजनसंगै नेकपाकाे ओली समूह सरकारकाे नेतृत्व गरिरहेकाे छ भने प्रचण्ड समूह चाहिँ सड्कमाा छ। ज’न’यु’द्धको सुप्रिमाे प्रचण्डले केही बर्ष अघि आफ्नाे पार्टीमा आएकाे तिव्र बिभाजनका कारण कुनै सैद्धान्तिक र राजनीतिक आधारविना नै तत्कालीन नेकपा एमालेसंग पार्टी एकता गर्न पुगेका थिए ।
पार्टी एकताकाे केही महिना नबित्दै असन्तुष्टिका झिल्का हरु देखापर्न थाले कार्यकर्ता र जनताकाे पक्तिमा प्रचण्ड काे आत्मसमर्पणकारी एकताप्रति चर्काे बि’राे’ध थियाे । जनताकाे जनादेश कार्यकर्ताकाे मनाेभावना र कुनै सैद्धान्तिक बैचारिक आधारहिन एकता अन्तत प्रचण्डका लागि अभिसाप सावित भयाे । ओलीले प्रतिनिधिसभा विघठन गरेसंगै प्रचण्ड माधव समूह सडक आन्दोलन गरिरहेकाे छ। प्रचण्डले उपलब्धि गुम्न नदिन अझै टाउको फुटाउन तयार रहेकाे अभिव्यक्ति दिएका थिए ।
यता ओली सरकारले भने सरकारले पूर्वपदाधिकारीहरुको सुरक्षार्थ तैनाथ प्रहरी र सशस्त्र प्रहरीको संख्यामा ठूलो कटौती गरेपछि पूर्वप्रधानमन्त्री तथा नेकपा (दाहाल–नेपाल) का अध्यक्ष पुष्पकमल दाहालको सुरक्षामा पू’र्व’पि’ए’लए खटिन थालेका छन् । दाहालको सुरक्षामा प्रकाशचन्द्र पाण्डेको नेतृत्वमा पूर्व’पिए’लए को विशेष टोली खटिएको हो । पाण्डे स्वेच्छिक अवकाश रोजेका पूर्वपिएलए हुन् । ज’न’यु’द्धका बेला उनी जन’मुक्ति सेना नेपालका बटालिन कमान्डरसम्म भएका थिए ।
यसरी खटिएका पूर्वपि’ए’लएको ड्रेस कोड पनि तोक्ने तयारी रहेको स्रोतको भनाइ छ । यसअघि नेपाल प्रहरीबाट डीएसपीको कमान्डमा २६ र सशस्त्रबाट इन्सपेक्टरको क’मा’न्डमा ४७ गरी ७३ सुरक्षाकर्मी दाहालको सुरक्षामा खटिएका थिए ।
हालै मन्त्रिपरिषद् बैठकबाट पारित पूर्व तथा बहालवाला पदाधिकारीको सुरक्षासम्बन्धी कार्यविधि २०७७ अनुसार पूर्वप्रधानमन्त्रीको सुरक्षामा सशस्त्रका १६ र प्रहरीका २ जना मात्रै खटाउने उल्लेख गरिएसँगै दाहालका अगुवा एस्कर्टिङ गाडीसहित दुवै सुरक्षा निकायबाट ५५ सुरक्षाकर्मी फिर्ता भएका थिए ।
पूर्वपि’एलए समेत रहेका दाहाल–नेपाल समूहका नेता युवराज दुलालले सुरक्षाकर्मी कटौती भएसँगै आवश्यक मात्रामा पूर्वपि’ए’लएको टोली अगुवा एस्कर्टिङ र कार्यक्रमस्थल व्यवस्थापन अन्तरगत खटिएको बताए ।