मिति नै भन्न त गाह्रो छ तर रेल चाँडै गुड्छ – पोखरेल
८ फागुन काठमाडौ । उपप्रधानमन्त्री ईश्वर पोखरेलले आगामी वैशाखमा हुने निर्वाचनपछि देशमा राजनीतिक स्थिरता कायम हुने दाबी गरेका छन्। आगामी वैशाख १७ र २७ गते निर्वाचन हुनबाट कसैले रोक्न नसक्ने दाबी गर्दै उपप्रधानमन्त्री पोखरेलले निर्वाचनपछि मात्रै देशमा राजनीतिक स्थिरता कायम हुने दाबी गरेका हुन्।
धनुषा चेम्बर अफ कमर्सको दोस्रो वार्षिकोत्सव तथा तेस्रो साधारणसभाको उद्घाटन सत्रमा बोल्दै उपप्रधानमन्त्री पोखरेलले देशमा राजनीतिक स्थिरता कायम गर्नका लागि निर्वाचनका लागि सबैलाई तयार रहन आग्रह गरे। जनकपुर–जयनगर रेल्वे सञ्चालनको ठ्याक्कै मिति भन्न नसके पनि चाँडै गुड्ने उनले प्रतिवद्धता व्यक्त गरे।
‘ठ्याक्कै मिति भन्न त गाह्रो छ तर निर्धक्क रहनुस् रेल चाँडै गुड्छ,’ उनले अगाडि भने,’ दक्ष जनशक्ति र कानुन समेत बन्न नसकेकोले रेल गुडाउन ढिलाइ भइरहेको छ।’ उनले आफूहरूले हतार हतारमा कानून तयार पारिरहेको समेत दाबी गरे।