मैले ओलीको हेडक्वाटरमा बम हानेकै हो- प्रचण्ड


Capital Headline
प्रकाशित मिति : शुक्रबार, फाल्गुन २८ २०७७
6.5K
SHARES

२८ फागुन काठमाडौं ।आज माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले केपी ओलीको बुर्जुवा हेडक्वाटरमा बम हानेको बताउनुभएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) जिल्ला कमिटी रूपन्देहीले गरेको कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रममा अध्यक्ष दाहालले केपी ओलीविरुद्ध १९ बुँदे राजनीतिक प्रस्ताव पेश गरेर ओलीको बुर्जुवा हेडक्वाटरमा बम हानेको टिप्पणी गर्नुभयो ।

अध्यक्ष दाहालले अहिलेको अवस्थामा सबैभन्दा सजिलो पार्टी आफ्नो भएको दावी गर्नुभएको छ । अन्य पार्टीहरूमा दुई धार भएको अवस्थामा आफ्नो पार्टीमा एउटै भएको उहाँको भनाइ छ ।

उहाँले एमालेमा ओलीले मनलाग्दी गर्न खोजे माधवकुमार नेपाल र झलनाथ खनाल समूहले विरोध गर्ने बताउनुभयो ।उहाँले भन्नुभयो, ‘कि त माधव नेपालले एमाले कब्जा गर्ने अवस्था आउन सक्छ कि भने उहाँहरू ठूलो विद्रोहमा लाग्नुहुनेछ, विद्रोहमा हामीसँगै हुनुहुन्छ ।’