पदबाट हटाउने निर्णय भएको छैन – प्रवक्ता ज्ञवाली
महासचिव र अध्यक्षबाहेक
२८ फागुन काठमाडौं।नेपाल सरकारका परराष्ट्रमन्त्री एवम् नेकपा एमालेका प्रवक्ता प्रदीप कुमार ज्ञवालीले अध्यक्ष र महासचिव बाहेकका सबै पदाधिकारी खारेज गरीएको र जिम्मेवारीबाट हटाइएको भनि संचार माध्यममा आएका विषयहरु गलत रहेको बताएका छन्।
प्रवक्ता प्रदीपकुमार ज्ञवालीले तत्काललाई माओवादी केन्द्रसँग एकता टरेको पनि बताए। महासचिव र अध्यक्षबाहेक अरुलाई हटाउने निर्णय भएको होइन’, उनले भने, ‘नवौँ महाधिवेशनबाट निर्वाचित सबै पदाधिकारीको पद यथावत छ।
ज्ञवालीले पार्टी एकता प्रक्रियामा माओवादी केन्द्रबाट आएका नेताहरुको व्यवस्थापन नगरी नियमित बैठकमा जान नमिल्ने र प्रचण्ड छाडेर आएका नेताहरुले पनि आफूहरुलाई अध्यक्ष केपी ओलीले आह्वान गर्नुपर्ने भनेको सन्दर्भमा आज विशेष बैठकले बातवरण सहज पारिदिएको बताए ।