चौधरीलाई रिहा गर्न ओलीलाई समर्थनको शर्त अस्वीकार्य –डा. भट्टराई


Capital Headline
प्रकाशित मिति : शनिबार, फाल्गुन २९ २०७७
6.8K
SHARES

२९ फागुन काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले रेशम चौधरी लगायतका नेताहरूको रिहाइकै लागि केपी ओली सरकारलाई समर्थन गर्ने शर्त स्विकार्य नहुने बताएका छन्।जसपाको महन्थ ठाकुर पक्ष जेलमा रहेका चौधरीसहितका नेताहरुको रिहाइको शर्तमा ओली सरकारलाई समर्थन गर्ने गरी चरणवद्ध छलफल जारी रहेको अवस्थामा नेता भट्टराईको यस्तो धारणा बाहिर आएको हो।

एमालेको झापा विद्रोहदेखि विप्लवको सशस्त्र गतिविधिसम्मका विषय राजनीतिक मुद्दाका रूपमा हल हुने, तर रेशम चौधरीसहितका थारु विद्रोहका नेताहरु किन रिहाइ नहुने ? भन्ने प्रश्न डा.भट्टराईले गरेका छन्।

‘रेशम चौधरी लगायतका थारू विद्रोहका नेताहरूको रिहाइको माग प्रतिगमनकारी ओली सरकारलाई समर्थन वा त्यसमा सहभागिताको शर्तमा हैन र हुनसक्दैन,’ भट्टराईले ट्विटरमा लेखेका छन्, ‘एमालेको झापा विद्रोहदेखि विप्लबको सशस्त्र गतिविधिसम्म राजनीतिक मुद्दाका रूपमा हल हुनसक्छन् भने थारूको मात्र किन नहुने ? भन्ने हो ! कुनै भ्रम नरहोस् !’