आकस्मिक माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै


Capital Headline
प्रकाशित मिति : शनिबार, फाल्गुन २९ २०७७
18.9K
SHARES

२९ फाहुन काठमाडौं।आज  नेकपा माओवादी केन्द्रले पछिल्लो समय विकसित राजनीतिक घटनाक्रम र भावी रणनीति तय गर्नका लागि  विहानै स्थायी कमिटी वैठक बोलाएको छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी भित्र, बाहिर र नयाँ सरकारबारे आवश्यक छलफल गर्न वैठक बोलाएका हुन् ।

अहिले बिहान ९ बजे बस्ने बैठकमा नयाँ सत्ता समीकरण र एमालेमा गएका नेतालाई कारबाहीलगायतका विषयमा छलफल गर्ने तयारी रहेको स्रोतले जानकारी दिएको छ ।

माओवादी केन्द्रले आज बिहान बस्ने स्थायी कमिटी बैठकबाट एमालेमा गएका आफ्ना नेतालाई पार्टीमै फर्किन अन्तिम पटक आग्रह गर्ने, नमाने कारबाहीको निर्णय गर्ने तयारी अगाडि बढाएको छ ।

शुक्रबार नेपाली कांग्रेस र जनता समाजवादी पार्टीबीच छलफल भएलगत्तै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्थायी कमिटी बैठक बोलाएका हुन् । अहिले संसदको अंक गणितमा नयाँ सरकार गठनमा जसपा निर्णायक देखिएको छ ।

प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार एकै दिन आफू पक्षीय दुई केन्द्रीय कमिटी बैठक राखेर नेपाल पक्षका नेताहरूको जिम्मेवारी खोसेका छन् ।