तीन वर्षपछि पेरिसडाँडामा बाबुराम
२९ फागुम काठमाडौ । आज जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई तीन वर्षपछि पेरिसडाँडा पुगेका छन् ।
२०७४ मंसिर ३ गतेपछि भट्टराई शनिबार बिहानै माओवादी केन्द्रसँग छलफल गर्न पेरिसडाँडा पुगेका हुन् ।
अध्यक्ष भट्टराईले पेरिसडाँडामा माओवादी केन्द्रसँग सत्ता सहयात्राका विषयमा छलफल गरे । उनीसँगै जसपाका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव पनि पेरिसडाँडा पुगेका थिए ।
आइतबार बिहान करिब साढे १० बजे पेरिसडाँडामा पुगेका भट्टराई साढे ११ मा त्यहाँबाट बाहिरिएका थिए । करिब दुई वर्षअघि भट्टराई अन्तिम पटक पेरिसडाँडा पुगेका थिए।
०७४ मंसिर ३ गते माओवादी अध्यक्ष पुष्पकमल दाहाल पुत्र प्रकाश दाहालको निधन हुँदा भट्टराई पेरिसडाँडा पुगेका थिए ।