नेपाल पक्षलाई ओलीले पठाए चियापानको निम्तो
१ चैत काठमाडौ ।पछिल्लो समय एमालेभित्रको विवादले गहिरो रुप लिँदै गरेको अवस्थामा सो पार्टीका अध्यक्ष केपी शर्मा ओलीले असन्तुष्ट पक्षलाई चियापानको निम्तो पठाएका छन्।
ओलीको सचिवालयले नेपाल–खनाललगायत शीर्ष नेताहरुलाई चैत्र ३ गतेका लागि चियापानको निम्तो पठाएको हो।
माधव नेपाल र झलनाथ खनाल पक्षले आगामी ४ र ५ गतेका लागि राष्ट्रिय कार्यकर्ता भेला आयोजना गरेको छ। भेलाको अघिल्लो दिनका लागि बालुवाटारमा चियापानको आयोजना गरिएको हो। ओलीका प्रमुख स्वकीय सचिव इन्द्र भण्डारीले एसएमएसमार्फत शीर्ष नेताहरुलाई चियापानको निम्तो पठाएका हुन्।