ओली-नेपाल पक्षबीचको भेटवार्ता सम्पन्न


Capital Headline
प्रकाशित मिति : सोमबार, चैत्र २ २०७७
5.7K
SHARES

२ चैत काठमाडौं । एमाले पार्टी कार्यालय धुम्बाराहीमा आज भएको दुइ पक्षबीचको भेटवार्ता सकिएको छ । नेकपा एमालेको दुई पक्षबीच धुम्बाराहीमा भएको पहिलो वार्ता सकिएको हो । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीच आज भेटवर्ता भएको हो । वार्ताका लागि पार्टी कार्यालय धुम्बाराहीमा दुवै पक्षका नेताहरु उपस्थित भएका थिए ।

नेकपा एमालेमा देखिएको विवाद मिलाउन दुवै पक्ष वार्तामा बसेका हुन् । प्रधानमन्त्री समेत रहेका अध्यक्ष अ‍ोलीले नेपाल पक्षलाई छलफलका लागि बोलाएका हुन् ।

छलफलमा ओलीसहित उनका तर्फबाट ईश्वर पोखरेल, विष्णुप्रसाद पौडेल, प्रदीपकुमार ज्ञवाली र सुवास नेम्वाङ समभागी भएका थिए ।

अर्कातर्फ नेपालसहित भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भूसाल, रघुजी पन्त, गोकर्ण विष्ट सहभागी छन् । झलनाथ खनाल भने वार्तामा सहभागी भएका थिएनन् ।

वार्तामा पार्टी कार्यालय जानुअघि नेपाल पक्षका नेताहरुबीच नयाँ बानेश्वरस्थित एक होटलमा छलफल गरेका थिए । माधवकुमार नेपाल पक्षको अनुपस्थितिमा नै ओलीले बैठक बोलाएर नेताहरुको जिम्मेवारी हेरफेर गरेका थिए भने महाधिवेसनको मितिसमेत तोकेका थिए ।