प्रधानमन्त्री बनाउन बाबुरामलाई प्रचण्डको साथ , यसरी बन्दै समिकरण


Capital Headline
प्रकाशित मिति : मंगलबार, चैत्र ३ २०७७
10.6K
SHARES

२

३ चैत काठमाडौं । नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीको गठबन्धनको आगामी बन्ने सरकारमा संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराई प्रधानमन्त्रीका दाबेदार देखिएका छन् ।

भट्टराईलाई  प्रधानमन्त्री बनाउन नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड कम्मर कसेर लागेको बुझिएको छ ।

नयाँ सरकार गठनका लागि नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी तीनै दलबीच विभिन्न तहमा छलफल अगाडि बढिरहेको छ ।

जनता समाजवादी पार्टीले आज आन्तरिक बैठक बसेर सत्ता समिकरणका लागि सहमतिको प्याकेजसहित काँग्रेस र माओवादी केन्द्रसँग कुराकानी अगाडि बढाउँने प्रस्ताव तयार पारेको छ।

यसपटक जसपाले सरकारको नेतृत्वको दाबी गर्दै दुवै पार्टीलाई प्रस्ताव लाने निर्णय भएको छ । जसपा निकट समाचार स्रोतको दाबि छ ।

कसको सम्भावना कति ?

वर्तमान राजनीतिलाई हेर्दा प्रचण्ड प्रधानमन्त्री बन्ने रेसमा छैनन् । नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा सरकारको नेतृत्व गरि प्रधानमन्त्रीको दाबेदार हुन् । तर, उनलाई पार्टीको  वरिष्ठ  नेता  रामचन्द्र पौडेल समुहले बाहिर बसेर ओली बाहेकको सरकारलाई समर्थन गर्न जोड दिइरहको छ । काँग्रेस आन्तरिक रुपमा समिकरणमा आफ्नो पोजिशन र कसलाई समर्थन गर्ने भन्ने निर्णय गर्न सकिरहेको  छैन।

संविधान संशोधन र रेशम चौधरी लगायतको रिहाइलाई मूख्य मुद्दालाई सरकारमा जाने सर्त बताउने जसपा पनि कांग्रेस जस्तै सरकारमा कसलाई समर्थन गर्ने भन्ने विषयमा टुंगो लगाउन सकेको छैन । तर, जसपाका अध्यक्ष महन्थ ठाकुर र संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराई प्रधानमन्त्रीका दाबेदार देखिएका हुन् ।

जसपाको नेतृत्वलाई माओवादी केन्द्रले पनि साथ दिने वचन दिइसकेको अवस्थामा काँग्रेस सभापति शेरबहादुर देउवा तयार हुँदा जसपाको नेतृत्व लगभग निश्चित छ ।

देउवा कि आफू प्रधानमन्त्री बन्ने कि ठाकुरलाई साथ दिने पक्षमा छन् । पौडेल समूह र प्रचण्ड कुनै पनि हालतमा डाक्टर बाबुराम भट्टराई प्रधानमन्त्री बनाउने पक्षमा छन् । नेकपा माओवादि केन्द्र निकट एक स्रोतको दाबि छ – डाक्टर बाबुराम भट्टराईले अन्त्राष्ट्रिय समर्थन समेत पाइसकेकाले उनि प्रधानमन्त्री बन्ने लगभग निश्चित प्राय: छ । – सामाजिक पत्रबाट