म अघि बढिसकें,सफल हुन्छु – नेता गौतम
३ चैत काठमाडौं। एमालेका उपाध्यक्ष वामदेव गौतमले अझै पनि वाम सरकार बचाउनुपर्ने बताएका छन्। आफू नेतृत्वको एमाले राष्ट्रिय एकता अभियान कार्य सम्पादन समितिको पूर्ण बैठकमा गौतमले माओवादी केन्द्रसहितको सरकार बनाउनुपर्ने बताए।
वाम सरकार बनाउन एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले नै पहलकदमी अगाडि बढाउनुपर्ने गौतमले बताए।
‘वाम सरकार भनेको एमाले र माओवादीको सरकार हुनेछ। प्रचण्डलाई बोलाएर छलफल गर्नुहोस्,’ गौतमको सुझाव छ। एमाले र माओवादी केन्द्र ब्युँताउने अदालतको फैसलापछि पनि वाम गठबन्धनको संभावना रहेको उनको भनाइ गौतमको भनाइ छ।