गुटसँग डिल गर्दिन, अब कारवाही शुरु हुन्छ – प्रधानमन्त्री ओली


Capital Headline
प्रकाशित मिति : बिहिबार, चैत्र ५ २०७७
9K
SHARES

५ चैत काठमाडौ । हिजो नेकपा एमालेका अध्यक्ष तथा केपी शर्मा ओलीले माधव नेपालसँग गुटको नेताका रुपमा कुनै पनि डिल नहुने प्रष्ट पारेका छन् ।

एमालेको नाममा गुटको भेला गरेबापत मुख्य व्यक्तिबाट कारवाही शुरु हुने समेत ओलीले चेतावनी दिएका छन् ।एक अनलाइनसंगको अन्तर्वार्ताका क्रममा अध्यक्ष ओलीले माधव नेपाल–झलनाथ खनालहरु अहिले एमाले नरहेको समेत बताएका छन् ।

ओलीले भेला गरेबापत र विगतमा आफूलाई कारवाही गरेबापत माफी मागेर आएको खण्डमा स्थान दिन सकिने बताए ।

ओलीले भने– सबैले सुने हुन्छ, गुटसँग म डिल गर्दिन,पार्टीका कार्यकर्ता आ(आफ्ना ठाउँमा बस्नुपर्छ । गुटको दलबल लिएर आउन पाइदैन । पार्टीका नाममा जुन भेला गरिएको हो, कारवाही योग्य विषय हो, अब कारवाही पनि गुटलाई होइन व्यक्तिलाई हुन्छ, जो मुख्य दोषी हो त्यहाँबाट शुरु हुन्छ ।