लालगद्धारबाट धोका भयो – प्रचण्ड
५ चैत काठमाडौं ।आज माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ओली सरकारमा रहेका आफ्नो पार्टीबाट गएका मन्त्रीहरुप्रति आक्रोश पोखेका छन ।
सिध्दिइसकेका व्यक्तिहरुलाई अघि सार्दा आफूले धोका पाएको उनले प्रतिक्रिया दिएका छन । सिन्धुलीमा आयोजित एक कार्यक्रममा यस्तो प्रतिक्रिया दिएका हुन ।
“केपी ओलीलाई चिन्न गल्ती भयो । फटाहा जाली झेली रहेछन्,” प्रचण्डले भने, “केपी ओलीको मनभित्र पस्न सकिएन । पार्टीमा पनि फटाहाहरुलाई बढी विश्वास गरीयो । मैले नियतले त होइन तर गर्ने बेलामा अलि बुद्धि पुर्याइन । सकिइसकेको मान्छेलाई स्थायी समितिमा लगेँ । आत्मसमीक्षा गर्नैपर्ने देखेँ । आएर रोएपछि मन्त्रीमा पठाएँ । अहिले महंगो मन्त्रीको रुपमा बिक्री भए । अर्का लालगद्धारलाई लौ गृह मन्त्री खाउ भनेर दिएँ । त्यहाँबाट पनि धोका भयो ।