दलको विधान संशोधन गर्न कार्यदल, संसदीय बोर्ड गठ


Capital Headline
प्रकाशित मिति : बिहिबार, चैत्र ५ २०७७
3.4K
SHARES

५ चैत काठमाडौ ।आब एमालेको संसदीय दलको विधान संशोधन गरिने भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी दलको बैठकले विधान संशोधन सम्बन्धी प्रस्ताव तयार पार्न कार्यदल गठन गरेको हो ।

बैठकले संसदीय बोर्ड समेत गठन गरेको छ । बोर्डमा २७ जना सांसद रहनेछन् । सांसदले अनुशासन उल्लंघन गरेर कारबाही अघि बढाउनुपरेमा बोर्डले निर्णय गर्नुपर्ने वैधानिक व्यवस्था रहेकाले आजको बैठकले बोर्ड गठन गरेको हो ।

विधान संशोधन कार्यदलमा प्रमुख सचेतक विशाल भट्टराई, पूर्व कानुनमन्त्री शेरबहादुर तामाङ र राष्ट्रियसभा सदस्य विमला राई पौडेल छन् ।

संसदीय दलका नेता केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकमा माधव नेपाल पक्षका केही सांसदहरु पनि सहभागी छन् ।