ओली त महाठग रहेछन् – प्रचण्ड
५ चैत काठमाडौं। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिस्ट पार्टी एकताको प्रस्तावक आफू भएको बताएका छन्।
आज सिन्धुलीमा कार्यकर्ताहरूसँगको छलफलमा प्रचण्डले यस्तो बताएका हुन्। उनले कम्युनिस्ट एकता प्रतिक्रियावादीलाई मन नपरेको र उनीहरूले आफूलाई नै निसाना बनाएको जिकिर गरे।
उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई महाठगको संज्ञासमेत दिए। ‘ओली त महाठग रहेछन्। यस्तो ठग देखिनँ। पार्टी फुट्ला कि भनेर थरथर काम्नुपर्ने भयो। पार्टी बच्ला कि भनेर प्रधानमन्त्री पनि पाँचै वर्ष खाऊ भनेँ। तर पनि भएन,’ उनले भने। ओलीले आफू र माओवादीले स्थापित गरेका एजेन्डा समाप्त पार्न खोजेको प्रचण्डको आरोप छ।
प्रचण्डले भने, ‘ओलीको मलाई पनि सिध्याउनेबाहेक देखिएन। मैले पनि लड्नै पर्ने भए जमेरै लड्ने भनेर १९ बुँदे ल्याएको हुँ।