हामी ओलीको गुट भेलामा जादैनौ – नेता भट्टराई
Capital Headline
प्रकाशित मिति :
बिहिबार, चैत्र ५ २०७७
7.6K
SHARES
५ चैत काठमाडौं। एमालेको असन्तुष्ट पक्षका प्रचार विभागका प्रमुख योगश भट्टराईले चैत ७ गतेको केन्द्रीय कमिटी बैठकमा नजाने बताएका छन्।
आज कार्यकर्ता भेला समापन पछि पत्रकारहरूसँग कुरा गर्दै भट्टराईले ७ गते गुटको भेला भएकाले आफूहरू नजाने बताएका हुन्।
‘केन्द्रीय कमिटीको बैठक सम्भव पनि छैन, त्यो गुटको भेला हो,’ उनले भने, ‘जसरी यो भेलामा केपी ओली आउनुभएन, त्यसरी नै त्यो बैठकमा हामी जाँदैनौं।’ फागुन २८ गतेको निर्णय केपी ओली फिर्ता लिएको खण्डमा आफूहरुले सोच्न सक्ने भट्टराईको भनाइ छ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट