प्रधानमन्त्रीमा मेरो दाबी छैन – अध्यक्ष प्रचण्ड
५ चैत सिन्धुली।आज नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री पदमा दाबी नरहेको बताएका छन् । प्रेस सङ्गठन नेपाल सिन्धुलीले सिन्धुलीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले आफू र आफ्नो पार्टीले प्रधानमन्त्री पदमा दाबी नगरेको बताएका हुन्।
उनले भने, ‘अबको प्रधानमन्त्री को बन्छ भन्ने राजनीतिक सहमतिबाट हुन्छ, जुन अहिले दलबीच छलफल चलिरहेको छ । सहमति अब धेरै टाढा छैन’, लोकतन्त्र, समावेशी, समानुपातिक र संविधानविरुद्धका चलखेल अझै पनि नरोकिएको उनले बताए।
प्रधानमन्त्रीको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै दाहालले सत्य, न्याय र विधिको सधै जित हुने बताए। अझै पनि कम्युनिस्टको बृहत्तर एकता हुनुपर्दछ भन्दै उनले सबै इमानदार कम्युनिस्ट एकताका पक्षमा उभिनुपर्ने बताए।