अब काँग्रेस नेतृत्वमा सरकार बन्छ – महामन्त्री कोइराला
७ चैत चितवन। नेपाली काँग्रेसका महामन्त्री डा.शशाङ्क कोइरालाले अबको दुई हप्ताभित्र काँग्रेसको नेतृत्वमा सरकार बन्ने बताएका छन्।
पत्रकारसँगको भेटमा उनले सरकार परिवर्तनको विषयमा काँग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीबीच छलफल भइरहेको बताए।
उनले भने, ‘माओवादी केन्द्र र मधेसवादी दलबीच भएको छलफल निष्कर्षमा पुग्छ र कांग्रेसको नेतृत्वमा सरकार बन्छ ।’ अहिले काँग्रेस पर्ख र हेरको अवस्थामा रहेको उनको भनाइ थियो। माओवादी केन्द्र सरकारमा रहिरहेका कारण केही समय लागेको उनको भनाइ थियो ।
उनले भने, ‘अहिले माओवादी केन्द्र सरकारमा छ। उनीहरु फर्कन्छन् कि फर्कँदैनन् भन्ने हेर्नुपर्छ। तर हाम्रो प्रयत्न माओवादी केन्द्रलाई अहिलेको सरकारबाट बाहिर ल्याउने रहेको छ।’