आज एमाले केन्द्रीय कमिटी र संसदीय दलको बैठक बस्दै, यस्ता छन् एजेण्डा


Capital Headline
प्रकाशित मिति : शनिबार, चैत्र ७ २०७७
5.2K
SHARES

७ चैत काठमाडौँ । आज  नेकपा एमाले केन्द्रीय कमिटी तथा संसदीय दलको बैठक  बस्दै छ ।केन्द्रीय कमिटी तथा संसदीय दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको हो । संसदीय दलको बैठक साढे १० बजे तथा केन्द्रीय कमिटीको बैठक १२ बजे बस्ने बताइएको छ ।

केन्द्रीय कमिटीको बैठकमा पार्टीभित्र देखिएको विवादका बारेमा छलफल हुने बताइएको छ ।दलको बैठकमा जारी प्रतिनिधि सभा बैठक र त्यसमा सांसद्को भूमिका, दलको विधान संशोधनलगायतका समसामयीक विषयमा छलफल हुने मुख्य सचेतक बिशाल भट्टराईले जानकारी दिनुभयो ।