वामदेव जी एकताको पक्षमा नलाग्नोस् – प्रधानमन्त्री ओली


Capital Headline
प्रकाशित मिति : शनिबार, चैत्र ७ २०७७
4K
SHARES

७ चैत काठमाडौं ।आज प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वामदेव गौतमलाई पार्टी एकताको पक्षमा नलाग्न आग्रह गरेका छन् ।

एकताको पक्षमा लागेर केही उपलब्धि नहुने उनको भनाइ थियो ।एमाले संसदीय दलको बालुवाटारमा बसेको बैठकलाई सम्बोधन गर्दै ओलीले वरिष्ठ नेता झलनाथ खनाल र नेता माधवकुमार नेपाल पक्षले एकता नचाहेको जिकिर गरेका हुन् । एमाले अहिले स्पष्ट रुपमा दुई समूहमा विभाजित छ ।

अब एकताको पक्षमा लागेर केही हुन्न । उनीहरु एकता चाहँदैनन् भन्ने कुरा अब त बुझ्नुभयो होला । संसदीय दलको बैठकमा पुगेका गौतमलाई ओलीले स्वागत गरेका थिए ।