एमालेको संशोधित विधान पारित, के छ नयाँ विधानमा ?


Capital Headline
प्रकाशित मिति : शनिबार, चैत्र ७ २०७७
8.2K
SHARES

७ चैत काठमाडौँ  । आज एमालेको संसदीय दलको विधान संशोधनसहितको प्रस्ताव पारित गरिएको छ । केन्द्रीय कमिटी बैठकले संसदीय दलको संशोधित विधान सुझावसहित पारित गरेको हो । छ । बिहान बसेको दलको बैठकबाट पास भएको विधानलाई दिउँसो बसेको केन्द्रीय कमिटी बैठकले पारित गरेको एमालेका मुख्य सचेतक विशाल भट्टराईले जानकारी दिए ।

परिमार्जनसहित पारित विधान अनुसार अब २९ सदस्यीय बोर्डको गठन हुने छ । त्यसमा एक तिहाइ महिला सदस्य रहनेछन् । नयाँ विधानअनुसार दलको नेताले सांसदहरूलाई कारबाही गर्ने अधिकार दिइएको छ ।

कुनै सदस्यले पार्टी, संसदीय दल र मुलुकको हित विरुद्धमा गतिविधि गरेको दलको नेतालाई लागेमा स्पष्टिकरण सोध्ने र कारबाही गर्ने व्यवस्था संशोधित विधानमा व्यवस्था गरिएको छ ।त्यस्तै, संसदीय दलको उपनेता चयन गर्ने अधिकार पनि दलको नेतालाई दिइएको छ । एमालेमा यसअघि संसदीय दलले नेता र उपनेता चयन गर्ने व्यवस्था थियो । अब दलको नेताले मुख्यरप्रमुख सचेतक र सचेतकलाई झैं उपनेता चयन गर्न पाउनेछन् ।