चुनावमा केन्द्रित हुनुहोस् – सभापति देउवा
चितवन। आज नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसलाई सरकारको लोभ नभएको बताएका छन्।
गिरिजाप्रसाद कोइरालाको ११औं स्मृति दिवसमा रत्ननगरमा भएको युवा तरुण जागरण अभियानमा बोल्दै देउवाले कांग्रसलाई प्रधानमन्त्रीको पद काँधमा आए पछि नहट्ने बताएका हुन्।
अबको २० महिनापछि नियमित चुनाव हुने भन्दै उक्त चुनावमा बहुमत प्राप्त गरेर प्रधानमन्त्रीसहित पूर्णरूपमा कांग्रेसको सरकार चलाउने देउवाले दावी गरे। उनले चुनावमा केन्द्रीत हुन नेता तथा कार्यकर्तालाई निर्देशन दिए।
उनले मध्यावधि निर्वाचनको कुरा फेरि पनि उठिरहेकाले निर्वाचनका लागि जुनसुकै बेला पनि तयार रहन निर्देशन दिए।