झाँक्रीमाथिको स्पष्टिकरण ओलीले रोके


Capital Headline
प्रकाशित मिति : शनिबार, चैत्र ७ २०७७
3.5K
SHARES

७ गते काठमाडौं । आज नेकपा एमालेकी युवा नेतृ रामकुमारी झाँक्री पार्टीबाट स्पष्टिकरणमा पर्दापर्दै अन्तिम समयमा जोगिएकी छन् ।

स्पष्टिकरण सोधिने नेताहरुको सूचीमा उनको नाम भए पनि ओलीले पछि रोकेको एक नेताले बताए ।

झाँक्रीको ‘वजन नपुग्ने’ भन्दै नाम हटाउन ‘कन्भिन्स’ गरेको ती नेताको भनाइ छ ।

बालुवाटारमा बसेको वैठकले माधवकुमार नेपाल, सुरेन्द्र पाण्डे, घनश्याम भुषाल र भीम रावललाई स्पष्टिकरण सोध्ने निर्णय गरेको छ ।