विप्लव र प्रधानमन्त्री बीच भेटवार्टा, के भयो सहमती ?


Capital Headline
प्रकाशित मिति : सोमबार, चैत्र ९ २०७७
18.6K
SHARES

९ चैत काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द विप्लवले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर बन्दी रिहाइ र मुद्दा फिर्ताको कुरा उठाएका छन्। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पुगेर फागुन २१ मा भएको तीन बुँदे सहमति अनुसार सरकारले बन्दी रिहाइ र मुद्दा फिर्तामा ढिलाइ गरेको गुनासो गरेका छन्।

विप्लवतर्फका वार्ता टोली सदस्य उदयबहादुर चलाउने ‘दीपक’ले महासचिवले प्रधानमन्त्रीसँग बन्दी रिहाइ र मुद्दा फिर्तामा भएको ढिलाइबारे प्रश्न उठाएको जानकारी दिए। ‘

फागुन २१ को सहमति अनुसार विभिन्न जेलमा रहेका बन्दी रिहाइमा सरकारले तदारुकता देखाएको छैन’, उनले भने, ‘मुद्दा फिर्ता प्रक्रिया अघि नबढ्दा हाम्रा कतिपय साथीहरुले तनाव झेलिरहनु परेको छ। त्यहीकारण महासचिव कमरेडले प्रधानमन्त्रीलाई भेटेर ध्यानाकर्षण गराउनु भएको हो।’