पार्टी ओली फुटाउँछन् – नेता नेपाल
१० चैत, काठमाडौं ।आज एमालेका नेता माधवकुमार नेपालले आफूहरुसँग मागिएको स्पष्टीकरणबाट नतर्सिने बताएका छन् ।
आफ्नो समूहसम्वद्ध विद्यार्थीहरुको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै नेता नेपालले स्पष्टीकरणको सामाना गर्न तयार रहेको बताए ।
आद मात्र एक नेताले केपी ओलीसँग मिल्नुस्, कारबाही नै गरेपनि सहनुस् भनेको भन्दै उनले भने, ‘घुँडा टेक्ने बाटोमा जाने हो ? आत्मसमर्पणको बाटोमा जाने हो ? यो किमार्थ मन्जुर छैन ।उनले अघि भने, ‘कथित स्पष्टीकरणबाट तर्सिने बोला छैनौं, सामना गर्न तयार छौं ।
आफूले पार्टी नफुटाउने भन्दै नेता नेपालले भने, ‘पार्टी फुटाउँछन् भने केपी ओलीले फुटाउँछन् ।’