नेपाल र रावलका स्पष्टीकरण कारवाही योग्य छ – प्रधानमन्त्री ओली
१३ चैत काठमाडौ । आज बालुवाटारमा राखेको संसदीय दलको बैठकमा नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले माधवकुमार नेपाल र भीम रावललाई कारवाही गर्ने संकेत गरेका छन्।
नेपाल र रावललाई सोधेको स्पष्टीकरण प्राप्त भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले ती स्पष्टीकरण कारवाहीयोग्य भएको बताएका छन्।नेपाल र रावलले दिएको स्पष्टीकरण चित्तबुझ्दो नभएकोले कारवाहीयोग्य रहेको प्रधानमन्त्रीको भनाइ थियो।
ओलीले भनेका कुरा उद्धृत गर्दै एमाले सचेतक विशाल भट्टराईले भने, ‘तत्कालीन वरिष्ठ नेता माधव नेपाल र उपाध्यक्ष भीम रावलको स्पष्टीकरण आएको छ। अरू दुई जना नेताको स्पष्टीकरण आउन बाँकी छ। नेपाल र रावलको स्पष्टीकरण कारवाहीयोग्य रहेको प्रधानमन्त्रीको भनाइ छ।