यस्तो प्रश्न गरे उपेन्द्रलाई देउवाले


Capital Headline
प्रकाशित मिति : बुधबार, चैत्र १८ २०७७
7.5K
SHARES

१९ चैत काठमाडौ । आज जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोज्ने अग्रसरता लिन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासंग भेटवार्ता गरेका छन् । देउवा निवास बुढानिलकण्ठ पुगेका यादवले पछिल्लो राजनीतिबारे देउवासंग छलफल गरेका हुन् ।

सभापति देउवासंगको भेटमा यादवले राजनीतिक अग्रसरता बढाउन आग्रह गरेका हुन् । सभापति देउवाले भने पछिल्लो राजनीतिक परिस्थितिबारे आफू राम्ररी जानकार रहेको भन्दै वैकल्पिक सरकार गठनका लागि वातावरण नबनेको बताएका थिए । ‘तपाईकै पार्टीले ओलीसंग कुरा मिलाइरहेको छ । मैले के गर्नु ?’, देउवाले भनेक थिए ।

यादवले जसपाभित्र प्रधानमन्त्री ओलीले खेल्न खोजेको भएपनि आफूहरु ओलीको विकल्प खोज्ने पक्षमा रहेको बताएका थिए । ‘अहिलेको सरकार हटाउन पहल गरौं । कांग्रेसकै नेतृत्वमा अगाडि बढौं’, यादवको प्रस्ताव थियो । जवाफमा देउवाले जसपाले ओलीसंग नमिल्ने औपचारिक निर्णय नगरेसम्म आफू अगाडि नबढ्ने बताएका थिए ।