हामीले गुट होइन, कमिटि चलाएका छौं – नेता रावल
२० चैत काठमाडौं।आज एमालेका नेता भीम रावलले आफूहरुले समानान्तर क्रियाकलाप गरेको बताएका छन्। प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र तानाशाही लागू गर्न खोजेका कारण आफूहरूले समानान्तर क्रियाकलाप गरेको उनले दावी गरे।
कलन्किको एक पार्टी प्यालेसमा बसेको एमाले नेपाल पक्षीय स्थायी कमिटीका सदस्यहरूको बैठकपछि बाहिरिने क्रममा रावलले आफूहरूले गुटगत नभई एमालेको पूर्ववत् कमिटी चलाएको दाबी बताएका हुन्।
महाधिवेशन आयोजक कमिटी बनाएर आफैँ अध्यक्ष बन्ने ओलीको निर्णय अवैधानिक भएको उनले बताए।रावलले भने, ‘हामीले एमालेमै रहेर पूर्ववत् कमिटी चलाएका छौं। कुन कार्यालबाट सञ्चालन गरियो भन्ने कुरा गौण हो।’ नेता रावलले घनश्याम भुसाल र सुरेन्द्र पाण्डेमाथि गरिएको कारवाही अरूमाथि तानाशाही लागू गरेर पार्टी चलाउने शैलीको द्योतक भएको बताए।