माओवादीले समर्थन फिर्ता लिए राजिनामा दिन्छु – प्रधानमन्त्री
२१ चैत काठमाडौं । आज प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई दिएको समर्थन फिर्ता लिए राजिनामा दिने बताएका छन ।
शनिबार देशभर निर्माण हुने १ सय ६५ वटा सडक सञ्जालको एकैपटक शुभारम्भ कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन ।
प्रधानमन्त्री ओलीले भने,“काठमाडौंमा बढी बिक्ने भनिएका राष्ट्रिय अखबारले काठमाडौंमा मेलम्चीको पानी आएको समाचार दिँदैनन् । अनि राजीनामा मागियो प्रधानमन्त्रीको भनेर हेडलाइन बनाउँछन् ।
राजीनामा त माग्यामाग्यै छन् त । मागेपिच्छे कसरी राजीनामा दिन सक्छु ? माग्या छ माग्या छ । ए बाबा हटाउ न त । समर्थन फिर्ता लिइदेउ भन्छु, लिदैनन् । राजीनामा आइहाल्छ नि समर्थन फिर्ता गर न ।”