ओली टेम्पो हाँक्ने मान्छे हुन्, पार्टीमा ट्रक हाक्ने सम्मको क्षमता भएको मान्छे चाहिन्छ – नेता भुसाल
२१ चैत काठमाडौं। आज एमाले नेता घनश्याम भुसालले पार्टीमा ट्रक चलाउने मान्छे आवश्यक भएको बताएका छन्। उनले पार्टीमा ट्रक चलाउने मान्छे चाहिएको भएपनि ट्याम्पो चलाउने मान्छे हुँदा पार्टीमा समस्या भएको बताए।
शनिबार खनाल–नेपाल समूहको नेपाल सुरक्षा श्रमिक ट्रेड युनियन (नेस्टु) को तेस्रो महाधिवेशन उद्घाटन गर्दै उनले यस्तो बताएका हुन्।भुसालले भने,‘नवौं महाधिवेशनले समाजवादको कार्यदिशा पारित गरेपनि त्यसको विपरीत विचार राख्ने केपी ओलीलाई नेतृत्वमा चुन्यो। अघि एकजना साथीले यहाँ भनेजस्तै चलाउनुपर्ने ट्रक थियो,टेम्पो हाँक्नेले जित्यो।