अब छिट्टै नयाँ सरकार बन्छ – अध्यक्ष प्रचण्ड


Capital Headline
प्रकाशित मिति : शनिबार, चैत्र २१ २०७७
10.4K
SHARES

२१ चैत काठमाडौ । आज माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छिट्टै नयाँ सरकार बन्ने बताएका छन्। कपिलवस्तुमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन्।

कपिलवस्तुमा आयोजित जिल्ला स्तरीय प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रमलाई तौलिहवामा सम्बोधन गर्दै प्रचण्डले शुक्रबारको कांग्रेसको निर्णयले राजनीतिले कोल्टे फेरेको भन्दै छिट्टै नयाँ सरकार बन्ने बताएका हुन्।

‘कांग्रेसको निर्णयले राजनीतिले कोल्टे फेरेको छ’, प्रचण्डले भने, ‘म तपाईं सबैलाई बधाई भन्न चाहन्छु। अब छिट्टै नयाँ सरकार बन्छ। नयाँ परिस्थिति बन्नेछ। ’ शुक्रबारदेखि काठमाडौंको राजनीतिक घटनाक्रम फेरिएको दाबी प्रचण्डले गरेका हुन्।