रावलको नेतृत्वमा धनगढीमा सभा सुरू


Capital Headline
प्रकाशित मिति : सोमबार, चैत्र २३ २०७७
7.2K
SHARES

२३ चैत काठमाडौं। धनगढीमा नेकपा एमालेको खनाल-नेपाल समूहको भेला सुरु भएको छ। निलम्बनको कारबाहीमा परेका नेता भीम रावलको नेतृत्वमा भेला सुरु भएको हो। पार्टी पुनर्गठनको राष्ट्रव्यापी अभियान अन्तर्गत धनगढीमा भेला आयोजना गरिएको हो।

नेता रावलले धनगढीको भेलाले पार्टी सुदृढीकरणमा सहयोग गर्ने बताए। प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले नेता रावललाई सुदूरपश्चिम इन्चार्जबाट हटाएर माओवादीबाट आएका लेखराज भट्टलाई सो जिम्मेवारी दिएका छन्।

ओलीको निर्णयपछि सुदूरपश्चिममा रावल निकट नेता कार्यकर्ताहरू आक्रोशित छन्। आइतबार काठमाडौंमा नेपाल समूहले समानान्तर कमिटी घोषणा गरेको थियो।