हामी जनतासंगै निरन्तर छौं – योगी
२३ चैत दाङ।आज युवा संगठन नेपाल जिल्ला समिति दाङको आयोजनामा जनताको खेतमा गहु काटेर जनश्रमदान गरिएको छ।
युवा संगठन नेपाल राप्ती ब्युरो इन्चार्ज तिलक योगिको कमाण्डमा तुलसिपुर उपमहानगरपालिका -८ मा जनश्रमदान गरिएको हो। जनश्रमदानमा युवा संगठन नेपाल दाङका संयोजक मनोज,नेकपा तुलसिपुर नगर इन्चार्ज शरल लगाएत करिब १२ जना युवाहरुको सहभागिता रहेको इन्चार्ज तिलक योगिले जानकारी दिनुभयो।
युवा संगठन नेपाल राप्ती ब्युरो इन्चार्ज तिलकले भन्नुभयो,”हामी निरन्तर जनतासंग छौं,कम्युनिस्ट बिचार,सिद्धान्त आदर्शलाई व्यबहारमा लागू गरिरहेका छौ”।