विश्वासको मत लिनु पर्दैन – मन्त्री ज्ञवाली


Capital Headline
प्रकाशित मिति : सोमबार, चैत्र २३ २०७७
5.4K
SHARES

२३ चैत काठमाडौं। आज एमालेका प्रवक्ता एमं परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले सरकार संविधानसम्मत ढंगले चलिरहेको बताएका छन्। प्रतिनिधिसभाको सोमबारको बैठकमा मन्त्री ज्ञवालीले सरकारले विश्वासको मत लिन आवश्यक नभएको दाबी पनि गरे।

बैठकमा केही सांसदले नेकपा एकता भंग भएको अवस्थामा सरकारले विश्वासको मत लिनु पर्ने धारणा राखेका थिए।जवाफमा मन्त्री ज्ञवालीले २०७४ फागुन ३ गते संविधानको धारा ७६ (२) अनुसार ओली प्रधानमन्त्री नियुक्त भएको र त्यही महिना फागुन २७ गते विश्वासको मत लिइसकेकाले अहिले लिन आवश्यक नभएको बताए।

‘नेकपा (एमाले)को सरकार जसलाई माओवादी केन्द्रले सर्मथन गरेको थियो, त्यसले विश्वासको मत लिएको ७६ (२)को सरकार हो भन्ने तथ्य संस्मरण गराउँदै सरकार संविधानसम्मत ढंगले नै चलिरहेको छ,’ ज्ञवालीले भने, ‘सरकार हटाउन पनि संधिवानले प्रष्ट बाटो देखाइ दिएको छ। अन्यथा बाटो भन्दा संविधानले जुन-जुन बाटो हिँड्न भनेको छ, त्यही बाटोमा हिँड्नु वान्छनीय हुन्छ।’

ज्ञवालीले २०७५ सालमा केपी ओली नेतृत्वमा संविधानको धारा ७६ (२) अनुसार सरकार बनेको र त्यसलाई माओवादी केन्द्रले सर्मथन गरेको बताए। ‘गत आम निर्वाचनपश्चात् २०७५ साल फागुन ३ गते सम्मानीय प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा सकार बन्यो, संविधानको धारा ७६ ९२० अनुसार,’ उनले भने, ‘त्यसलाई माओवादी केन्द्रले सर्मथन गरेको थियो । संविधानो धारा ७६ (२०)को सरकारलाई २०७५ साल फागुन २७ गते यो सरकारले विश्वास मत लियो । त्यही मतमा नेपाली कांग्रेस विपक्षमा उभिएकाले नै अहिले नेपाली कांग्रेस विपक्षमा छ ।’

एमाले र माओवादी केन्द्रबीच एकीकरण भएर एउटै पार्टी बनेपछि धारा ७६(१) को सरकार बनेको भन्दै नेकपाले विश्वासको मत लिनु नपरेको तर्क गरे। ज्ञवालीले भने, ‘त्यो तथ्य सदनमा राम्रोसँग रहिरनुपर्छ। नेकपाले विश्वासको मत किन लिनु परेन भने त्यो स्वतः धारा ७६(१)को बहुमतको सरकार थियो।’