मन्त्रिमण्डल पुनः गठन हुदै , यस्तो छ बाहिरिने र भित्रीनेको लिष्ट


Capital Headline
प्रकाशित मिति : शुक्रबार, चैत्र २७ २०७७
11.1K
SHARES

२७ चैत काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद पुनः गठनको तयारी गरेका छन् ।प्रधानमन्त्री ओलीले केही मन्त्रीलाई हटाएर नयाँ मन्त्रीहरु नियुक्त गर्न लागेका हुन् ।

एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले मन्त्रिपरिषद हेरफेरबारे कुराकानी हुन थालेको स्वीकार गरे। छोटो प्रतिक्रिया दिँदै उनले भने, ‘त्यसबारे पनि छलफल सुरु भएको छ।’

नयाँ मन्त्रीहरुमा जनता समाजवादी पार्टीका नेताहरुलाई ल्याउन खोजिएको छ । तर, जसपाका नेताहरु सरकारलाई समर्थन गर्ने कि नगर्ने भन्नेमा दुई धारमा विभाजित भएका कारण मन्त्रिपरिषद पुनः गठनमा ढिलाइ भएको छ ।

जसपा आउन समय लाग्ने भए त्यो भन्दा अगाडि नै पनि प्रधानमन्त्री ओलीले नयाँलाई अवसर दिउँ भनेर मन्त्रिपरिषद पुनः गठनको तयारी गरेको वालुवाटार स्रोतले जनाएको छ ।

स्रोतका अनुसार यसपटक मन्त्रिपरिषद पुनः गठन हुँदा स्वास्थ्यमन्त्री हृदयस त्रिपाठी बिदा हुँदैछन् । नयाँमा बामदेव गौत्तमलाई मन्त्री बनाउन लागिएको जनाएको छ ।