मेरो लागि सांसद पद ठूलो होइन– मन्त्री रायमाझी


Capital Headline
प्रकाशित मिति : शुक्रबार, चैत्र २७ २०७७
8.9K
SHARES

२७ चैत काठमाडौ । रामेछापको सुनापति गाउँपालिकामा आयोजित वृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै टोपबहादुर भन्ने – ‘हामीलाई पद होइन पार्टी चाहिन्छ, हामीलाई जनता चाहिन्छ । पदका लागि मरिहत्ते गर्ने प्रचण्ड हो । हामी मन्त्री सांसद् जस्ता पद त्याग्न सक्छौं ।’

यस्तो भाषण गरेको केही बेरपछि काठमाडौंमा प्रतिनिधि सभामा सभामुख अग्निप्रसाद सापकोटाले टोपबहादुर सहित चारजनाको संसद् सदस्यता खारेज गरिएको पत्र पढेर सुनाएका थियो ।

नेकपा एमाले केन्द्रीय सदस्य तथा उर्जा मन्त्री टोपबहादुरले रामेछापको कार्यक्रममा भन्ने– ‘माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको काम नै सरकार ढाल्ने र पार्टी फुटाउने हो ।’