राप्रपा अछामका नेता चलाउने काङ्ग्रेसमा प्रवेश


Capital Headline
प्रकाशित मिति : शनिबार, चैत्र २८ २०७७
14.6K
SHARES

२८ चैत्र काठमाडौ ।२०३६ साल देखि नेपाली कांग्रेसको सक्रिय राजनिति गर्दै र २०४७ साल पस्चात राप्रपा को राजनिति गर्दै आएका राप्रपा नेता रामबहादुर चलाउने नेपाली काङ्ग्रेसमा प्रवेश गरेकाछन। 
३० बर्ष को लामो राप्रपा को राजनिति गर्दै आएका चलाउने पुर्ब क्षेत्रपाल ,२०७० सालमा राप्रपा बाट सांसदका उमेदवार समेत हुन ।  तुर्माखाद गाउँपालिका वडा नम्बर ७ तोषि निवासी नेता चलाउने लाई आज एक कार्यक्रमका बीच नेपाली काङ्ग्रेसका सभापति एवं पुर्व प्रधानमन्त्री शेरबहादुर देउवाले देउवा निवास बुढानिलकण्ठमा पाटिको सदस्यता दिदै खादा र अबिर लगाइ नेपाली काङ्ग्रेसमा स्वागत गर्नुभएको हो । 
उक्त कार्यक्रममा अछाम क्षेत्र नम्बर २ प्रतिनिधि सभा सदस्य रामबहादुर बिष्ट ,नेपाली काङ्ग्रेस अछामका पाटी सभापति भरत कुमार स्वार,पुर्व महाधिवेशन प्रतिनिधि मानबहादुर रावल ,क्षेत्रीय सभापति लक्ष्मण शाह लगायतको उपस्तिथि रहेको थियो ।