विद्रोहमा जानुपर्ने अवस्था आउन सक्छ – अध्यक्ष प्रचण्ड


Capital Headline
प्रकाशित मिति : आइतबार, चैत्र २९ २०७७
9.5K
SHARES

२९ चैत काठमाडौँ। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ विद्रोहमा जानुपर्ने अवस्था आउनसक्ने चेतावनी दिएका छन्। शनिबार आयोजित नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठनको चौथो केन्द्रीय परिषद्लाई सम्बोधन गर्दै उनले लोकतान्त्रिक मान्यतालाई कुल्चने र निरंकुश र स्वेच्छाचारी ढंगले नै जाने कोशिस भयो भने एउटा नयाँ खालको विद्रोहमा हामी संगठित हुनुपर्ने र विद्रोहमा जानुपर्ने अवस्था आउनसक्ने चेतावनी दिएका हुन्।

उनले केही दिनमा नै नयाँ सरकार गठन हुने कुरामा आफु आशावादी समेत रहेको उनले बताएका छन्। पछिल्लो समय नयाँ सत्ता समिकरणका लागि प्रचण्डले अग्रसरता देखाइरहेका छन्। उनले संविधानलाई मिच्‍ने नै कोशिस जारी रह्यो भने, यदि लोकतान्त्रिक मान्यतालाई कुल्चने र निरंकुश र स्वेच्छाचारी ढंगले नै जाने कोशिस भयो भने एउटा नयाँ खालको विद्रोहमा आफुहरु संगठित हुनुपर्ने र विद्रोहमा जानुपर्ने अवस्था आउने बताए।

नयाँ सरकार गठन गरेर त्यो सरकारमार्फत् यो बीचमा भएका ज्यादतीलाई सच्याउन आफुले चाहेको समेत उनले बताए।