प्रधानमन्त्री र अध्यक्ष ओली नै बनुन्, मलाई चाहिँदैन – नेता नेपाल
२९ चैत काठमाडौं ।एमालेको माधव नेपाल समूहले पर्सामा पनि समानान्तर जिल्ला कमिटी गठन गरेको छ । नेपाल समूहले बालगोपाल थापाको अध्यक्षतामा १ सय ७५ सदस्यीय समानान्तर जिल्ला कमिटी गरेको हो ।वीरगञ्जमा आयोजित भेलालाई सम्बोधन गर्दै एमाले नेता माधवकुमार नेपालले आफू पदका लागि नभई कम्युनिष्ट पार्टी बचाउन अघि सरेको बताउनुभयो ।
नेता नेपालले सिद्धान्त, सत्य र न्यायका लागि कार्यकर्ता माझ आएको जिकिर गर्नुभयो ।‘कतिपयलाई म केपी ओलीको प्रधानमन्त्री पद खोस्न लागिपरेको भन्ने लागेको होला,’ उहाँले भन्नुभयो, ‘ओली नै प्रधानमन्त्री बनुन्, २० भोटले हारेको अध्यक्ष पनि चाहिँदैन ।’ ओलीसँगको लडाइँ सिद्वान्त, सत्य र न्यायका लागि भएको नेता नेपालको भनाइ थियो ।