ओलीमा लाज र नैतिक्ता छैन – अध्यक्ष प्रचण्ड
२९ चैत काठमाडौं।आज माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी ओलीलाई केही दिनमै हटाउने बताएका छन्।
गृहजिल्ला चितवनमा आइतबार पत्रकारसँग कुरा गर्दै प्रचण्डले केही दिनमै ओलीलाई प्रधानमन्त्रीबाट हटाउने बताएका हुन्। प्रचण्डले प्रधानमन्त्री ओलीलाई चौथो पटक हटाउने कोसिस भइरहेको भन्दै अब छिट्टै हटाउने जिकिर गरे। केपी ओलीलाई हामीले तीनपटक प्रधानमन्त्रीबाट हटायौँ।
चौथो पटकको कोसिस के हुन्छ भन्ने बारेमा केही दिनमै थाहा हुन्छ। प्रतिनिधिसभा पुनःस्थापनापछि तुरुन्त प्रधानमन्त्रीबाट हट्नुपर्नेमा लाज पचाएर अनैतिक भएर ओली पदमा बसिरहेको प्रचण्डको भनाइ छ। संसद विघटन जस्तो असंवैधानिक र अलोकतान्त्रिक कदम चालेकाले ओलीलाई पदमा बस्ने नैतिक हैसियत नभएको प्रचण्डले बताए। प्रचण्डले सहमति भयो भने काँग्रेसको नेतृत्वमा सरकार बन्नसक्ने बताए।