माओवादी विना पनि देश चल्छ – मन्त्री ज्ञवाली


Capital Headline
प्रकाशित मिति : शनिबार, बैशाख ४ २०७८
2.8K
SHARES

४ चैत काठमाडौं । आज परराष्ट्र मन्त्री तथा एमाले नेता प्रदीप ज्ञवालीले माओवादी केन्द्र नभए पनि देश चल्ने बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आजका लागि बोलाएको सर्वदलीय बैठकमा माओवादी केन्द्रका तर्फबाट कोही पनि प्रतिनिधि सहभागी नभए पछि मन्त्री ज्ञवालीले माओवादी नभए पनि देश चल्ने टिप्पणी गरेका हुन् ।
नेपाली कांग्रेस, जसपा, नेमकिपा तथा राप्रपाका नेताहरु सर्वदलीय वैठकमा सहभागी भए पनि माओवादी भने सहभागी भएन । एमालेका वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल पनि बैठकमा सहभागी भएनन् ।