समर्थन फिर्ता लिने अधिकार अब प्रचण्डलाई


Capital Headline
प्रकाशित मिति : बुधबार, बैशाख ८ २०७८
4K
SHARES

८ वैशाख काठमाडौं। माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे निर्णय गर्ने अधिकार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिएको छ।

बुधबार पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले ओली सरकारलाई दिएको समर्थन कहिले फिर्ता लिने भन्ने अधिकार अध्यक्ष प्रचण्डले लिन सक्ने अधिकार दिएको हो।

नेता नारायणकाजी श्रेष्ठले ओली सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे अध्यक्ष प्रचण्डले निर्णय लिन सक्ने गरी स्थायी कमिटीले अधिकार दिएको जानकारी दिए।