राष्ट्रियसभा उपचुनावमा एमाले-एमालेबीच नै भिडन्त , कस्ले मार्लान बाजी ?


Capital Headline
प्रकाशित मिति : शुक्रबार, बैशाख २४ २०७८
4.1K
SHARES

२४ वैशाख काठमाडौ । अब राष्ट्रियसभाको रिक्त एक सिटका लागि आउँदो जेठ ६ गते हुन लागेको उपनिर्वाचनमा एमाले–एमालेबीच नै भिडन्त हुने पक्का भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको एमालेका रामबहादुर थापा ‘बादल’ र वरिष्ठ नेता माधव नेपाल पक्षका खिमलाल देवकोटाले राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा उम्मेदवारी दर्ता गराएका हुन् ।

बाग्मती प्रदेश अन्य समूहतर्फ रिक्त भएको एक सिटका लागि जेठ ६ गते उपचुनाव हुँदैछ । माओवादी केन्द्रबाट निर्वाचित रामबहादुर थापा बादलले दल त्याग गरेपछि रिक्त भएको राष्ट्रियसभा सदस्य पदमा उपचुनाव हुन लागेको हो ।